Sajhedari Daily
Latest News from Nepal

सशस्त्र प्रहरी बाराले मटिअर्वा सिमा नाकाबाट १ हजार ८ सय पिस लागुुऔषध पक्राउँ

रञ्जन यादब/
सशस्त्र प्रहरी बाराले मटिअर्वा सिमा नाकाबाट आज १ हजार ८ सय पिस लागुुऔषध पक्राउँ गरेको छ । कलैया उपमहानगरपालिका वडा नं.१० स्थित मटिअर्वा बिओपि मटिअर्वाबाट सशस्त्र प्रहरी निरिक्षक देवेन्द्र फुुयालको नेतृृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले लागुुऔषध बरामद गरेको हो ।

भारतबाट साईकलको प्रयोग गरी नेपालतर्फ लागुुऔषध ल्याईरहेको अवस्थामा सशस्त्रको गस्ती टोली देखेर मानिस साईकल लिई फरार भएको सशस्त्र प्रहरी कार्यालय बाराले जनाएको छ ।

बरामद लागुुऔषधमा नोर्फिन २ एम.एल.को ६ सय पिस ,डाईजोपाम २ एम.एलको ६ सय पिस र फेनारगन २ एम.एल.को ६ सय पिस गरी जम्मा १८ सय पिस लागुुऔषध रहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउँ गरिएको लागुुऔषधलाई आवश्यक कार्बाहीकोलागि प्रहरी चौँकी मटिअर्वाको जिम्मा लगाईएको छ ।