ट्राफिक प्रहरीद्वारा नो इन्ट्री उल्लंघन गर्ने ई–रिक्सा चालकहरूमाथि गरियो कारवाही

साझेदारी दैनिक
162 पाठक संख्या

वीरगञ्ज : ट्राफिक प्रहरीले नो–इन्ट्रीको नियम उल्लंघन गर्दै जामको स्थिति सिर्जना गर्ने ई–रिक्सा चालकहरूमाथि वीरगञ्जमा कारवाही गरेको छ।

नियमित जाँचको क्रममा ट्राफिक टोलीले दर्जनौं ई–रिक्सालाई वीरगञ्जको घण्टाघर नजिकै कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले जनाए।

ट्राफिक व्यवस्थापन अवरोध गर्ने गतिविधिमा संलग्न चालकहरूसँग स्पष्टीकरण मागेको छ। नियम विपरीत निषेधित क्षेत्रमा प्रवेश गरी सार्वजनिक आवागमनमा अवरोध पुर्याउने कार्यप्रति प्रहरी कडा बनेको प्रनि भट्टले बताए।

कारवाही अन्तर्गत केही ई–रिक्सा नियन्त्रणमा लिइएको छ। चालकहरूलाई सचेत गराउँदै ट्राफिक नियमको पालना गर्न निर्देशन दिइएको छ।

नो ईन्ट्रीको क्षेत्र निर्धारण ट्राफिक सहज बनाउने उद्देश्यले यो कारवाही गरिएको हो। स्थानीय व्यक्तिहरूले यस अभियानको स्वागत गरेका हुन्।

Leave a review

This will close in 0 seconds