Sajhedari Daily
Latest News from Nepal

सूचनाको हकका लागि राष्ट्रिय संजाल प्रदेश २ को संयोजकमा पाण्डे

सूचनाको हकका लागि राष्ट्रिय संजाल प्रदेश नम्बर २ को प्रदेशिक तदर्स समिति गठन भएको छ । गुगल मिटमार्फ मंगलवार सम्पन्न भेलाले राष्ट्रिय संजालको प्रादेशि कमिटी निर्माण गरेको हो ।

संजालका केन्द्रीय संयोजक उमिद बागचनको अध्यक्षता तथा संजालका सल्लाहकार एवम् वरिष्ठ पत्रकार धर्मेन्द्र झाको विशेष उपस्तिथि भएको वैठकले सूचनाको हकका अभियान्ता सन्तोष पाण्डेको संयोजकत्वमा संजालको प्रदेश स्तरीय समिति निर्माण गरेको छ । वैठकले समितिको सहसंयोजक अभियान्ता अजय साह र सचिवमा अभियान्ता मुकेश कुशवालाई चयन गरेको छ ।

नवगठीत पदाधिकारी समितिले छिट्टै प्रदेशका आठ वटै जिल्लालाई प्रतिनिधित्व हुने गरि समिति विस्तार गरिने नवगठित समितिका संयोजक पाण्डेले जानकारी दिएका छन । प्रदेशका आठ वटै जिल्लामा जिल्ला स्तरीय संजाल र हरेक पालिकामा पालिका स्तरीय संजाल निर्माण गरिने संयोजक पाण्डेले वताए ।

वैठकको सहजीकरण संजालका केन्द्रीय सचिव अजयकुमार साहले गरेका थिए भने, अभियान्ताहरु जयमोद ठाकुर, राकेश चौधरी, सर्फुल्लाह अंसारी, धमेन्द्र साह, प्रविण शर्मा, कैलास माझी, मनोज रौनियार लगायतका सूचनाको हकका विषयमा गरिएका सफलता, अनुभव र भोगेका चुनौतिका वारेमा जानकारी गराएका थिए ।