सिमरामा कर शिक्षा दिन ब्यवसायीसँग अन्तरक्रिया

रञ्जन यादव
336 पाठक संख्या

रञ्जन यादब/

आन्तरिक राजस्व कार्यलय सिमराले कर शिक्षा दिने उदेश्यले ब्यवसायिहरुसँग अन्तरक्रिया गरेको छ ।

जितपुरसिमरा नगर उद्योग बाणिज्य संघ र जितपुरसिमरा चेम्बर अफ कमर्सको सहकार्यमा करदाता सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

केहिदिन अघि राजस्व कार्यालय सिमराले बजारका व्यापारीलाई अनुगमनका नाममा अनावश्यक दुख दिएको भन्दै व्यवसायी रुष्ट बनेका थिए ।

जीतपुरसिमर नगर उधोग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको नेतृत्वमा व्यवसायीहरु कर कार्यालय पुगि सो बारेको गुनासो समेत गरेका थिए ।

अनुगमनका नाममा अनावश्यक जरिवाना लिएको भन्दै आक्रोशित बनेका स्थानिय व्यवसायीलाई कर कार्यालयले कर शिक्षा कार्यक्रम मार्फत सचेतना दिने र सकेसम्म पहिलो पटकमै जरिवाना असुल्ने कार्य नगर्ने भन्दै यो कार्यक्रमको आयोजना गरेको हो ।

स्थानिय कतिपय व्यवसायीहरु कर प्रणालीबारे जानकारी नभएका कारण कर शिक्षालाई नगरका विभिन्न स्थानमा संचालन गरिने तयारी भएको नगर उद्योग बाणिज्य संघका अध्यक्ष लामिछानेले बताए ।

Leave a review