गोल्डेन हत्या प्रकरण : ‘खुनी दरिन्दे ग्याङ’ का थप एक सदस्य भारतबाट पक्राउ

साझेदारी दैनिक
329 पाठक संख्या

वीरगन्ज । पर्सा प्रहरीले गोल्डेनको हत्यामा संलग्न थप एक सदस्यलाई मंगलबार पक्राउ गरेको छ ।

गत अष्टमीको राति (असोज १४ गते) वीरगन्जको दशैं मेलामा दुई समुहबीच भएको कुटाकुटमा एक युवकको हत्यामा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले ‘खुनी दरिन्दे समुह (ग्याङ्ग)’ का थप एक जना सदस्य पक्राउ परेको हो ।

प्रहरीले जिल्लाको पकहाँ मैनपुर गाँउपालिका वडा नम्बर १ धोरे स्थायी घर भई वीरगन्जमा बस्दै आएका करिब १६ वर्षका अंशु गिरीलाई पक्राउ जनाएको छ ।

उक्त घटना भएपश्चात फरार भएका गिरीलाई भारतमा लुकिछिपी बस्दै गरेको अवस्थामा प्रहरीले (मंगलबार) पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको छ । प्रहरीले यसअघि उक्त हत्यामा संलग्न रहेका ५ जनालाई घटना भएको भोलिपल्टै पक्राउ गरेको थियो ।

दशैं मेलामा अष्टमीको राति अर्थात असोज १४ गते मंगलबार राति वीरगन्ज महानगरपालिका वडा नम्बर १० गीतामन्दिर रोडमा युवाहरुको दुई समुहबीच कुटपिट भएको थियो । उक्त घटनामा बाराको परवानीपुर गाँउपालिका ९ घर भई हाल वीरगन्ज–१० मा बस्दै आएका २० वर्षीय गोल्डेन भन्ने शीवम कुमार साहको हत्या भएको थियो ।

Leave a review

This will close in 0 seconds