कम्प्युटर एशोसिएशनले मेलामा नि.शुल्क सेवा दिने

संदिप प्रसाद यादव
254 पाठक संख्या

कलैया : कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराले गढीमाई पञ्चवर्षीय मेलामा नि.शुल्क सूचना तथा प्राविधि सेवा शिविर सुरु गरेको छ ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेको विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षीय मेलामा कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराले नि. शुल्क सूचना तथा प्राविधि सेवा शिविर बिहीबार देखी सुरु गरेको हो ।

सो शिविरमा टेलीफोन/ मोबाइल,मोबाईल चार्जिङ्ग र वाईफाई तथा अन्य सेवाहरु प्रदान हुने कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराका अध्यक्ष लक्ष्मण चौधरीले जानकारी दिएका छन् ।

उक्त शिविर मंसिर २० देखि २५ गते सम्म गरि पाँच दिन भक्तजनहरुको लागी नि.शुल्क हुने अध्यक्ष चौधरीले बताए ।

उक्त कार्यक्रममा क्यान मधेस प्रदेशका सचिव गणेश शर्मा,पुर्व अध्यक्ष,अनिल चौरसिया,पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियोे ।

Leave a review

This will close in 0 seconds