लेनदेन मुद्दामा दुई वर्ष कैद तोकिएका कलैया-१४ का वडा अध्यक्ष जयसवाल पक्राउ

साझेदारी दैनिक
652 पाठक संख्या

कलैया । लेनदेन मुद्दामा दुई वर्ष कैद सजाय पाएका कलैया उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद जयसवाल पक्राउ परेका छन् ।

जिल्ला अदालत नवलपरासीले २०८२ जेठ २३ गते लेनदेन मुद्दामा दुई वर्ष कैद सजाय तोकेको थियो ।

वडा अध्यक्ष जयसवाललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले गए राती सोमबार पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।

जिल्ला अदालत नवलपरासीले तोकेको कैद सजाय कार्यान्वयन गर्न जयसवाललाई फरार प्रतिवादीको रुपमा खोजी भइरहेको र अदालतबाट प्राप्त पत्रअनुसार पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा बुझाइएको डिएसपी पण्डितले जानकारी दिए।

Leave a review

This will close in 0 seconds