चिसो छल्न गरुडा नगरपालिकाद्वारा दाउरा वितरण

साझेदारी दैनिक
330 पाठक संख्या

गरुडा : करण कुमार मिश्र/ केही सातादेखी शीतलहर र अत्यधिक चिसो बढेपछि रौतहट जिल्लाको गरुडा नगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था गरेको छ ।

शुक्रबारदेखि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले बताएका छन् ।

विगत केही दिनदेखि बाक्लो हुस्सु,कुहिरो र शीतलहरसँगै बढेकाले विशेषगरी गरिब,असहाय,वृद्धवृद्धा तथा बालबालिको जनजीवन प्रभावित बनेपछि चिसो छल्न दाउरा वितरण गरीएको नगरप्रमुख जयसवालले बताए।

चिसोबाट राहत प्रदान गर्न नगरका हरेक वडामा सार्वजनिक स्थलहरू,चौक–चौतारा, मठमन्दिर र प्रहरी चौकीमा आगो बाल्न काठ वितरण गरिएको नगर प्रमुख जयसवालले उनले जनाए ।

यसअघि चिसोले प्रभावित गरिब,विपन्न,दलित परिवारका करिब १२ सय जना नगरवासीलाई कम्बल वितरण गरिएकोसमेत प्रमुख जयसवालले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds