सिमरा-डुमरवाना अन्तरविद्यालय फुटबल प्रतियोगिता : सिमरा पब्लिक सिमरा र मिसन एकेडेमी विजेता

साझेदारी दैनिक
245 पाठक संख्या

सिमराः बाराको सिमरामा संचालित सिमरा–डुमरवाना अन्तरविद्यालय फुटबल प्रतियोगिताको सम्पन्न भएको छ । प्रतियोगिता अन्तरग सिनियर र जुनियर गरी दुई छुट्टाछुटै समुहको खेल अन्तरगत बुधबार दुवै समुहको फाईनल खेल भएको हो । फाईनल खेलमा सिनयरतर्फ सिमरा पब्लिक इङ्लिस स्कुल र जनियरतर्फ मिसन एकेडेमी विजेता बनेको छ ।

सिमराको सिमरा रंगशालामा भएको पहिलो खेल सिनियरतर्फको फाईलन खेलमा सिमरा पब्लिक सिमराले मिसन एकेडेमी उचिडीलाई ० का विरुद्ध १ गोल ले पराजित गर्दै जीत हात पारेको हो । खेलमा सिमरा पब्लिकका कप्तान सुमन साहले एक गोल गरे जुन गोल नै टिम जीतको लागि निर्णायक गोल बन्यो ।

यसैगरी बुधबार नै भएको दोस्रो खेल जुनियरतर्फ मिसन एकेडेमी र स्नो एपेक्स एकेडेमीवीच भएको थियो । यो खेलमा मिसन एकाडेमी उचिडिले ० का विरुद्ध २ गोलले स्नो एपेक्स एकेडेमीलाई पराजित गर्दै उपाधी हात पारेको हो । मिसन एकेडेमीका लागि राजदीप धामी र सन्देश चौधरीले समान एक एक गोल गरि टिमलाई विजेता बनाएका हुन ।

बुधबार भएको दुई समुहको फाईलन खेलमा मिसन एकाडेमा खेलाडीहरु “प्लेयर अफ दि म्याच” घोषित भए । सिनियर खेलमा मिसन एकेडेमीका प्रिन्स थापामगर र जुनियर खेलमा पनि मिसन एकेडेमीकै सन्देश यादव “प्लेयर अफ दि म्याच घोषित” भएका छन् ।

सिमरा–डुमरवाना क्षेत्रका १२ वटा संस्थागत विद्यालयहरुको सहभागिता यही मंसिर २ गतेदेखी उक्त प्रतियोगित शुरु भएको थियो । यसैगरी प्रतियोगितामा सिनियरतर्फको खेलमा सर्वोत्कृष्ट खेलाडी सिमरा पब्लिकका सुजन घलान घोषित भएका भने जुनियर खेलतर्फ मिसन एकेडेमीका राजदीप धामी सर्वोत्कृष्ट खेलाडी घोषित हुन ।

प्रतियोगितमा विजेता, उपविजेता टिम र खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा सहित सिमरा कलेजका सहप्राध्यापक शालिकराम अधिकारी, एकता स्कुलका प्रध्यानाध्यापक मदन रिजाल, सिमरा डुमरवाना हबका संयोजक बसन्त ढकाल लगायतले मेडल तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a review