वीरगञ्जमा गल्र्स एन्ड जुनियर ब्वाइज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट प्रतियोगिता शुरु

साझेदारी दैनिक
237 पाठक संख्या

वीरगन्ज : पर्सको वीरगन्जमा ‘प्याब्सन गल्र्स एन्ड जुनियर ब्वाइज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट’ प्रतियोगिता बुधबारदेखि सुरु भएको छ।

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगन्जको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । उक्त प्रतियोगिताको वीरगन्ज महानगरकाका नगरप्रमुख राजेशमान सिंहले गेका छन ।

सो अवसरमा बोल्दै नगरप्रमुख सिंहले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा ठुलो भूमिका खेल्ने बताएका छन । उनले यस्ता प्रकारका प्रतियोगिताले राष्ट्रिय खेलाडी उत्पादन गर्ने प्लेट फर्मको रुपमा उपयोग हुने बताए ।

वीरगञ्ज स्थित आदर्शनगर रंगशालामा शुरु भएको प्रतियोगितामा प्याब्सनमा आबद्ध वीरगन्जका ३६ वटा विद्यालयका टिमहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछाने, नेपाल इनोभेटिभ सोसाइटी वीरगन्जका अध्यक्ष कमल चौगाई लगायतको सहभागिता रहेको थियाप्याब्सन वीरगन्जका वरिष्ठ उपाध्यक्ष सुशिला साह, सल्लाहकारहरू अशोक संग्रौला,आलोक चौरसिया र विजय बलको पनि उपस्थिति रहेको थियो।

Leave a review