ईस्वी संवतको नया बर्ष २०२६ हर्साेउल्लासका साथ मनाईयो

राजेश कुशवाहा
179 पाठक संख्या

कलैया : विक्रम संवतको नया बर्ष जस्तै ईस्वी संवतको नया बर्ष २०२६ बारामा बिहीबार हर्साेउल्लासका साथ मनाईएको छ।

जिल्लाको १६ पालिकाका महिला, पुरुष युवायुवतीहरुले ईस्वी संवतको नया बर्ष हर्साेउल्लासका साथ मनाएका हुन ।नया बर्ष मनाउनका लागी बाराका युवा युवतीहरु बिहानै नेपालको प्रसिद्ध स्थलमा लागेका छन ।

उनीहरु गाडी भाडामा लिएर नयाबर्ष मनाउन नेपालको प्रसिद्ध स्थल मनोकामना,हेटौडाको सहीद स्मारक, तर्फ लागेका हुन ।यसैगरी नया बर्ष मनाउनका लागी बाराको प्रसिद्ध स्थलहरुमा समेत भिड लागको छ ।

जिल्लाको चारकोशे झाडी स्थित सहजनाथ महादेव मन्दिर,गढीमाई मन्दिर ,सिम्रौनगढ स्थित रानीवास मन्दिर,झरोखर पोखरी ,लगायतका स्थानमा नया बर्ष बनाउनेहरुको भिड लागेको हो ।

बाराको सिम्रौनगढमा नया बर्ष मनाउन छिमेक देश भारतका युवा युवती समेत आएका छन। कलैया उपमहानगरपालिकाको उतरझिटकैया, ब्रहम्पुरी ,भतौडा, गंगापुर, लगायतको बिभिन्न स्थानमा रहेको खोला किनार, बगैचामा भोजभतेर गरी नया बर्ष मनाएका हुन । उनीहरु सो स्थानमा रमाईलो गर्दे एक अर्कालाई ईस्वीसंवतको नया बर्षको शुभकामना सटासटा गरेका छन ।पछिल्ला केही बर्ष देखी नेपालमा पनि ईस्वी संवतको नया बर्ष झै मनाउन थालिएको छ ।

Leave a review

This will close in 0 seconds