भोटेकोसी बाढी : सम्पर्कविहीन २८ मध्ये बाराका एक जना सम्पर्कमा

साझेदारी डेलि
137 पाठक संख्या

बारा । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका २८ जनामध्ये बाराका एक जना सम्पर्कमा आएका छन्।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका–१२ शान्तिटोल निवासी तथा नेपाली सेनामा कार्यरत रोहित कुमार साह सम्पर्कमा आएका हुन्।

बाढीपछि सम्पर्कविहीन भएका अन्य व्यक्तिहरूको पनि खोजी कार्य नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जारी राखेका छन्।

Leave a review