चितवन फेन्सी संघको जीतपुरमा अध्ययन तथा अवलोकन

संदिप प्रसाद यादव
200 पाठक संख्या

कलैया : अध्ययन तथा अवलोकन भ्रमणका लागि जीतपुर आइपुगेको चितवन फेन्सी व्यवसायी संघको टोलीलाई सोमबार स्वागत तथा सम्मान गरिएको छ।

संघका महासचिव गिरीले आफ्नो कार्यालयमा चितवन फेन्सी संघका अध्यक्ष रामप्रसाद पौडेलको नेतृत्वमा आएको टोलीलाई औपचारिक रूपमा स्वागत गर्दै जीतपुरसिमरा उपमहानगर क्षेत्रमा फेन्सी व्यवसायको वर्तमान अवस्था, सम्भावना र चुनौतीबारे जानकारी गराए।

भेटघाटका क्रममा दुबै संघका प्रतिनिधिबीच फेन्सी व्यवसाय सञ्चालनका अनुभव, सिकाइ, भोगाइ तथा पछिल्लो समय बजारमा देखिएका उतार–चढावका विषयमा गहन छलफल तथा अनुभव आदान–प्रदान भएको थियो।

सो अवसरमा महासचिव गिरीले जीतपुरसिमरामा सञ्चालनमा रहेका फेन्सी व्यवसायहरूको अवस्था प्रत्यक्ष अवलोकन गराउँदै व्यवसाय प्रवद्र्धनका लागि स्थानीय तह, व्यवसायी र संघ–संस्थाबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।

चितवन फेन्सी संघका अध्यक्ष पौडेलले जीतपुरसिमराको बजार संरचना, व्यवसायिक अभ्यास तथा नगर उद्योग वाणिज्य संघको भूमिकाप्रति प्रशंसा व्यक्त गर्दै यस्ता अध्ययन भ्रमणले दुबै पक्षलाई नयाँ सिकाइ र आपसी सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। भ्रमण टोलीले आगामी दिनमा यस्ता अन्तर–जिल्ला व्यवसायिक भ्रमण तथा अनुभव आदान–प्रदानलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ ।

Leave a review