करैयामाई । बाराको करैयामाई गाउँपालिका र देवताल गाउँपालिकामा बालविवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाहमुक्त नेपाल’ सयदिने अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ। ग्कत च्ष्नजतक ायच ऋजष्मिचभल को सहयोग तथा जनजागरण युवा क्लब बाराको सक्रियतामा सञ्चालित उक्त अभियान दुवै पालिकासँग समन्वय गर्दै अघि बढाइएको हो।
अभियान अन्तर्गत दुवै पालिकाकाहरुमा रहेका सबै विद्यालय, महिला समूह, कृषक समूह, सहकारी संस्था, महिला स्वयंसेविका, थारु तथा अन्य महोत्सव जस्ता सार्वजनिक कार्यक्रमहरू, साथै पालिकाका कार्यपालिका सदस्य र विभिन्न शाखाहरूमा पुगेर बालविवाहमुक्त नेपाल घोषणा गर्ने प्रतिबद्धता संकलन गरिँदै आएको छ ।
सयदिने अभियान अन्तर्गत हालसम्म यी दुवै पालिकाहरु करिब २० हजारभन्दा बढी महिला, पुरुष तथा छात्र–छात्रालाई बालविवाह नगर्ने र नगराउने सामूहिक प्रतिज्ञा गराइएको अभियानका स्वयंमसेवक बिनोद प्रसाद रामले जानकारी गराएका छन ।
समुदायस्तरमै व्यापक सहभागिता सुनिश्चित गर्दै बालविवाहविरुद्ध सचेतना अभिवृद्धि र सामूहिक प्रतिबद्धता सुदृढ पार्ने कार्यलाई प्राथमिकता दिइएको स्वयंमसेवक रामले बताए ।
अभियानमार्फत स्थानीय तहमा दीर्घकालीन सामाजिक परिवर्तन ल्याउने लक्ष्य राखिएको आयोजक आयोजनक संस्थाले जनाएको छ। नेपालमा कानुनी रूपमा विवाह गर्ने न्यूनतम उमेर २० वर्ष हो, तर अहिले पनि तराई मधेसमा व्यवहारमा १८ वर्षभन्दा पहिले विवाह धेरै स्थानहरुमा भईरहेको पाईन्छ ।
एक तथ्याङ्कको अनुसार अहिले पनि महिलाहरूमा बाल विवाहको दर पुरुषको तुलनामा धेरै बढी देखिएको छ । मधेश प्रदेशमा करिब ३२.८% महिला र ५.७% पुरुषको १८ भन्दा पहिले विवाह हुने गरेको अध्ययन देखाएको छ ।


