नेपालले छोटो समयमा क्रीकेट खेलमा ख्याति प्राप्त गरेको छ : पुर्व अर्थमन्त्री महत

संदिप प्रसाद यादव
511 पाठक संख्या

कलैया । नेपालले छोटो समयमा क्रीकेट खेलमा ख्याति प्राप्त गरेको छ नेपाल सरकारका पुर्व अर्थमन्त्री प्रकाश शरण महतले बताउनु भएको छ ।

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित प्रसौनी चटिया बाबाको ग्राउण्डमा नेपाल सरकारका पुर्व अर्थमन्त्री महतले नेपाल इण्डो नकआउट क्रीकेट कपको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

सो क्रीकेट कप खेलमा आठ वटा टिम सहभागी रहेको आयोजकले जनाएको छ ।

इलेभेन स्टार क्रीकेट क्लबका अध्यक्ष अतिन्दर राउतको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य लालबाबु सिंह,नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति सुनिल गुप्ता,प्रसौनी गाउँपालिका का अध्यक्ष बिनोद जैसवाल,खेलाडी, समाजसेवी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको संचालन क्लबका त्रिपुरारी साहले गर्नु भएको थियो ।

उद्घाटन खेलमा सितामडी क्रीकेट क्लब र पर्सा क्रीकेट क्लब बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Leave a review

This will close in 0 seconds