कलैया । चैत १९ गते आइतबारदेखि देशभर सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन बारा जिल्लामा एक हजार ५ सय २४ जना परीक्षार्थी अनुपस्थित भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाई बाराका निमित्त प्रमुख अशोक कुमार रौनियारका अनुसार अनिवार्य नेपाली विषयको परीक्षामा साधारणतर्फ नियमितका ६८ जना, साधारणतर्फ ग्रेडवृद्धिका १ हजार ४०० जना, प्राविधिकतर्फ नियमितका ४ जना र प्राविधिकतर्फ ग्रेडवृद्धिका ५२ जना गरी कुल १ हजार ५ सय २४ जना परीक्षार्थी अनुपस्थित रहेका हुन्।
जिल्लाका १०२ सामुदायिक र ५३ संस्थागत विद्यालयका कुल १० हजार ८ सय १३ परीक्षार्थीमध्ये दोस्रो दिन ९ हजार २९० जना मात्र परीक्षामा सहभागी भएको कार्यालयले जनाएको छ।
३० वटा परीक्षा केन्द्रमार्फत सञ्चालन भइरहेको यस वर्षको परीक्षा अन्तर्गत चैत २२ गते आइतबार अनिवार्य गणित विषयको परीक्षा हुने तालिका रहेको छ।

