Sajhedari Daily
Latest News from Nepal

वीरगञ्जमा नेकपाको महानगर अगुवा कार्यकर्ता अभिमुखीकरण सम्पन्न,सुर्य चिन्ह आफुहरुले पाउने नेकपा स्थायी समिति सदस्य देबेन्द्र पौडेलको दाबी

राम मण्डल/

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वीरगञ्ज महानगर कमिटिको आयोजनामा अहिले महानगर अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण भइरहेको छ । वीरगञ्जको नगरसभा गृहमा नेकपा वीरगञ्ज महानगर कमिटिका अध्यक्ष रहबर अन्सारीको अध्यक्षतामा भइरहेको कार्यक्रममा नेकपाका स्थाई कमिटि सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सुर्य चिन्ह आफुहरुले पाउने गरेका छन ।

नेकपा (प्रचण्ड–नेपाल) पक्ष वीरगञ्ज महानगर समितिले वीरगञ्जमा आयोजना गरेको महानगर स्तरीय अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले केपी ओली पक्षलाई लक्षित गर्दै सुर्य चुनाव चिन्ह उहाँहरुको हुनै नसक्ने बताउदै निर्बाचन आयोगले आफुहरुलाई नै चुनाव चिन्ह सुर्य दिने बिशवास ब्यक्त गरे ।

प्रचण्ड नेतृत्वको आन्दोलनमा सहभागी भएर सरकारमा सबै भन्दा बढी अवसर पाएका ब्यक्तिहरुले अहिले प्रचण्डलाई नै गाली गर्न नसुहाएको उनको भनाई थियो ।मन्त्री पदको लोभमा परेर ओली पक्षमा लागेकाहरुलाई फर्केर जनताको बिचमा आउन गण्डकी प्रदेशका ईञ्चार्ज समेत रहेका पौडेलले आग्रह समेत गरेका थिए ।

साबिक एमाले र माओबादी केन्द्र मिलेर चुनावी गठबन्धन बनाएर गएकोले चुनाव जित्न सफल भएको उनको जिकिर थियो ।सँसद बाहिर काँग्रेसका नेता बिशव प्रकाश शर्मा र सँसद भित्र गगन थापाले प्रधानमन्त्रीको आलोचना गरिरहदा आफुहरुले प्रतिबाद गर्ने गरेको पौडेलले सम्झेका थिए ।

सँसदमा ओम्नी,सेक्युरिटी प्रिन्टिङ पे्रस भ्रष्टाचारका कुरा,यति होल्डिङ, वाईड बडीका कुरा उठदा खेरि आफुहरुले निर्बाचित गरेको प्रधानमन्त्री भएकाले त्यसको बिरोध पनि गरेको पौडेलले जानकारी दिए ।

नेकपा (प्रचण्ड–नेपाल) पक्ष वीरगञ्ज महानगर समितिका अध्यक्ष रहबर अन्सारीको अध्यक्षतामा भएको अभिमुखीकरणमा बिघटित प्रतिनिधी सभाकी साँस्द पुष्पा कर्ण,पार्टीका पर्सा ईञ्चार्ज एवम केन्द्रिय सदस्य रामचन्द्र साह,महानगर ईञ्चार्ज दिनेश राई, जगरनाथपुर गाउपालिकाका अध्यक्ष जालिम मिया, राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य अरुण यादब, राष्ट्रिय युवा संघका सहसंयोजक ओमप्रकाश गुप्ता, युवा संघका वीरगञ्ज महानगर अध्यक्ष उमेश ठाकुर, युवा संघका नेता भुपेन्द्र साह,लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।