Sajhedari Daily
Latest News from Nepal

महागढीमाई नगरपालिकाद्धारा प्रहरी उपरिक्षक पंगेनीको बिदाई

श्रीकान्त गुप्ता /
वरियारपुर, २६ पुसमहागढीमाई नगरपालिकाले आईतवार एक कार्यक्रमको आयोजना गरि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक कृष्णप्रसाद पंगेनीलाई बिदाई गरेको छ ।

बाराका प्रहरी प्रमुखको रुपमा करिब एक बर्षे कार्यकाल पुरा गरि काठमाण्डौ सरुवा भएका प्रहरी उपरिक्षक पंगेनीलाई महागढीमाई नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले गामछा माल र टीका लगाएर बिदाई गरेका छ्न ।

सो अवसरमा वोल्दै नगरप्रमुख उपेन्द्र प्रसाद यादवले प्रहरी प्रमुखले आफ्नो कार्यकालमा विना राजनीतिक प्रेसरमा काम गर्ने गरेको र जिल्लामा ठुलठुला अपराधका फरार अभियुक्तहरुलाई पक्राउ गर्न सफल हुनुभएकोले शाहसी र निडर प्रहरी अधिकारीको भुमिका निर्वाह गरेको बताएका छ्न ।

बिदाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिजय कुशवाहा, रामबिश्वास चौरसिया, मनिस कलवार, वडा अध्यक्ष गजेन्द्र चौरसिया लगायतकाले माल टीका लगाएर बिदाइ गरेका छ्न । सो अवसरमा प्रहरी उपरिक्षकले नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए ।