निजगढका ३१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

साझेदारी दैनिक
साझेदारी दैनिक 335 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाईं,/
गत सोमबार स्वाबको नमुना परिक्षण गराएका निजगढका ३१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरमा गरिएको परिक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।

काठमाडौंको चन्द्रगिरी नगरपालिका दहचोकमा बस्दै आएका कोरोना संक्रमित सात वर्षीय बालक बसेर गएको निजगढ नगरपालिका वडा नम्बर १२ रामथलि स्थित घरका ७ जना सहित ३१ जनाको स्वाब संकलन गरि परिक्षणका लागि मकवानपुर पठाईएको थियो ।

संक्रमित बालकको सम्पर्कमा आएका ७ जना आफन्त सहित,निजगढ नगरपालिकाको क्वारेन्टाइनमा राखिएका ४ जना,कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सक्रिय रहेका निजगढ नगरपालिकाका जनप्रतिनिधि सहित स्वास्थ्यकर्मि,सुरक्षाकर्मी,पत्रकार,कर्मचारी ३१ जनाको स्वाबको परिक्षण रिपोर्ट नेगेटिभ आएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभयो ।

निजगढमा हाल सम्मम ५२ जनाको पिसिआर र ४२ जनाको आरडीटि विधि मार्फत कुल ९४ जनाको कोरोना भाईरस परिक्षण गरिएको छ ।

परिक्षण गराएका मध्ये सम्पूर्णको रिपोर्ट नेगेटिभ रहेको छ । नगरपालिकाको क्वारेन्टाइनमा अहिले एकजनालाई राखिएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review