बारामा ६५ कार्टुन भारतीय केरा सशस्त्र प्रहरीद्वारा नष्ट

साझेदारी डेलि
76 पाठक संख्या

कलैया । बारामा सशस्त्र प्रहरीले करिब ४० हजार मूल्य बराबरको ६५ कार्टुन केरा नियन्त्रणमा लिई नष्ट गरेको छ।

बारा जिल्लाको निजगढ नगरपालिका –८ तामागढी स्थित पुर्व पश्चिम राजमार्गमा मौलापुरबाट पोखरातर्फ जाँदै गरेको ग. २ ख १५४५ नम्बरको रात्रि यात्रुबाहक बसलाई विपद् ब्यवस्थापन बेश निजगढबाट सशस्त्र प्रहरी हवल्दार लिलाराज के.सी. को कमाण्डमा ०५ जनाको चेकप्वाइन्ट टोलीले चेकजाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट नेपाल भित्राईएको ६५ कार्टुन केरा बरामद गरी नियन्त्रणमा लिईएको हो ।

कलैया उपमहानगरपालिका -१६ उत्तरझिट्कैयास्थित सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे. क्वा बाराको कम्पाउण्ड भित्र नियन्त्रणमा लिइएको केरा नष्ट गरिएको सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीले जानकारी दिएका छन्।

उनका अनुसार बरामद गरिएको केरा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएकोमा भन्सारसम्बन्धी आवश्यक प्रक्रिया पूरा भएपछि क्वारेन्टाइन कार्यालय, भन्सार कार्यालय, सञ्चारकर्मी,प्रहरी तथा जनप्रतिनिधिहरूको रोहबरमा उक्त केरा नष्ट गरिएको छ ।

Leave a review

This will close in 0 seconds