वीरगञ्जको जय नेपाल होटलबाट लागूऔषध बरामद, दुई जना पक्राउ

साझेदारी डेलि
35 पाठक संख्या

बारा । पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित जय नेपाल होटलबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

होटलमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार बिहान करिब ७ः३० बजे होटलको कोठा नम्बर ११८ मा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा निटकोर–१० लेखिएको २० पत्तामा २०० पिस ट्याबलेट र अनेरेक्स लेखिएको १०० मिलिलिटरका दुई बोतल लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–६ का अन्दाजी ५२ वर्षीय उत्तमकुमार पाठक र वीरगञ्ज महानगरपालिका–२ का अन्दाजी ३५ वर्षीय ओसिम ठकुराई रहेका छन्।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds