नेपाली काँग्रेस पार्टी गौर नगर कमिटीद्वारा नेपालीहरूको महान चाडपर्व बडा दशै, शुभ दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको सभा हलमा शुभकामना आदनप्रदान कार्यक्रममा रौतहट जिल्लाकै सबभन्दा पुरानो जेष्ठ पालिकाको रूपमा चिनिएको गौर नपाका मेयर प्रत्यासी तथा नेपाली काँग्रेस पार्टीको नगर सभापति युवा नेता मोहन कुमार यादवले समाजलाई शान्तिपूर्ण वातावरण,समृद्ध समाज र सबै समुदायसँग समाजिक सद्भाव बनाएर राख्ने उदेश्यले नै चाडपर्व बर्षमा एक पल्ट आउने गर्छ तर हामी सबैलाई सन्देश दिएर जान्छ भने बताए ।
उनले पर्व त्यौहारको समाजमा विभिन्न किसिमको अप्रिय घटना घट्ने गर्छ त्यस्ता क्रियाकलापलाई हामी सबै समुदायले मिलेर निराकरण गर्नुपर्छ ।
चाडपर्वको समयमा गाउँघर र बजार क्षेत्र भित्र बढी फोहर मैला,होहल्ला,जाड रक्सि,लागु पदार्थको कारोबार र जुवातास खेल्ने घटना भइरहन्छ त्यसबाट सचेत भई स्वच्छ समाज निर्माण र आफै सरसफाइ अभियानमा प्रत्येक नागरिकले लाग्नुपर्छ भने उनले आग्रह गरे ।

