पिलुवामा परिधी मेडिकल हलको उद्घाटन

साझेदारी डेलि
17 पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ लोकतान्त्रिक चोक पिलुवामा परिधी मेडिकल हल सञ्चालनमा आएको छ।

बिहीबार आयोजित एक कार्यक्रमबीच जितपुरसिमरा उपमहानगरपालिका–१६ का वडा अध्यक्ष हरिदेव खरेलले रिबन काटेर मेडिकल हलको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा मेडिकल हलका सञ्चालक इजहारुल हवारीले स्थानीय बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मेडिकल हल सञ्चालनमा ल्याइएको बताए।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता राकेश पाण्डे, अनिल सिंह, सागर गुप्ता, समाजसेवी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds