भ्रामक सामग्री पोस्ट नगर्न पर्साका प्रमुख जिल्ला अधिकारीको आग्रह

साझेदारी डेलि
154 पाठक संख्या

वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सामाजिक सञ्जालमार्फत धार्मिक तथा सामाजिक द्वेष फैलाउने खालका भ्रामक सामग्री पोस्ट नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

उनले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने, उत्तेजना फैलाउने वा शान्ति सुरक्षामा असर पार्ने खालका समाचार, अफवाह, फोटो तथा भिडियो पोस्ट, लाइक, कमेन्ट र सेयर नगर्न अनुरोध गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी दाहालले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै आवश्यकता नपरी घरबाहिर ननिस्कन तथा कुनै पनि प्रकारका जुलुसमा सहभागी नहुनसमेत सर्वसाधारणलाई अपिल गरेका छन्।

भावनामा बगेर कानुन हातमा लिने, सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने वा शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधि नगर्न आग्रह गर्दै उनले यस्ता कार्य कानुनअनुसार दण्डनीय हुने स्पष्ट पारेका छन्।

Leave a review