Sajhedari Daily
Latest News from Nepal

नौँ सय पिस अवैध लागू औषध सहित १ जना पक्राउ

बाराको महागढीमाई नगरपालिका स्थित हुुलाकीमार्गबाट ठुलो लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका वडा नं.२ स्थित हुुलाकी राजमार्गबाट भारतीय मोटरसाईकलमा सवारमा एक जनालाई लागुुऔषधसहित प्रहरीले पक्राउँ गरेको हो ।

पक्राउँ पर्नेमा महागढीमाई नगरपालिका वडा नम्बर ६ धर्मपुर टोल बस्न भोला कुमार यादवलाई ९ सय पिस अबैध लागुु औषध सहित एक जनालाई पक्राउँ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यादवले पिठ्युमा बोकेको कालो झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागू औषध डाइजेपाम ३ सय पिस, फेनारगन ३ सय पिस र नुफिन ३ सय पिस फेला पारेको जिल्ला प्रहरी कार्यालय बारा प्रबक्ता गौतम मिश्रले जानकारी गराएका छन ।

पक्राउ परेका यादवलाई जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान गरि रहेको प्रबक्ता मिश्रले जनाए ।

Comments are closed.