Sajhedari Daily
Latest News from Nepal

निजगढ नगरपालिकाद्वारा दोश्रो चरणको राहत वितरण

Top Aside Banner

नवराज चौलागाईं,/
निजगढ नगरपालिकाले लकडाउनबाट प्रभावित भएका नगरवासिहरुलाई दोश्रो चरणको राहत वितरण गरेको छ ।
नगरपालिकाले आईतबार वडा नम्बर ८ को २ सय १४ घर परिवारलाई राहत वितरण गरिएको हो ।

नगरपालिकाले प्रति परिवार २५ किलो चामल,२ किलो दाल,१ लिटर खाने तेल र १ प्याकेट नुन लगायत साम्रगी नगर प्रमुख सुरेश कुमार खनाल,उप प्रमुख लिलादेवी लामिछाने खनाल,वडा अध्यक्ष टेक बहादुर लामाले राहत वितरण गर्नुभएको हो ।

लक डाउनका कारण संकटमा परेका आर्थिक स्तर न्यून भएका घरपरिवारलाई राहत वितरण गरिएको नगर प्रमुख सुरेश कुमार खनालले बताउनुभयो ।

नगर प्रमुख खनालले नगरपालिकाले अन्य वडाहरुमा पनि दोश्रो चरणमा राहत वितरणको लागी तयारि भईरहेको बताउनुभयो ।