तामागढी साकोसको १८ औँ वार्षिक साधारण सभा सम्पन्न

साझेदारी डेलि
31 पाठक संख्या

कोल्हबी । तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा शनिबार तामागढी पार्टी प्यालेसमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष पदमजङ्ग प्याकुरेलको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष प्याकुरेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी संस्थाका आर्थिक प्रतिवेदन विनोदकुमार खनालले प्रस्तुत गरेका थिए।

सभामा आर्थिक वर्ष २०८२/८३ मा संस्थाको कुल कारोबार रु. ५३ करोड १० लाख ११ हजार ३२७ रुपैयाँ ५२ पैसा रहेको जानकारी गराइएको थियो।

साधारण सभाका अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल खुत्रुके बचतकर्ता, अनुशासित बचतकर्ता तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा हिरामणि खनाल, सत्येन्द्र ठाकुर, युवराज बोहरा र कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले सहकारीबाट जुन प्रयोजनका लागि ऋण लिएको हो, सोही प्रयोजनमा रकम खर्च गर्न सबै सदस्यलाई आग्रह गरे।

कार्यक्रममा कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, बारा जिल्ला सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर, इलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख बुद्धिमान चोङवाङ, कोल्हबी नगर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रसाईँ, कोल्हबी नगरपालिका–१ का वडाध्यक्ष राजहरण चौधरी, वडा नं. ४ का वडाध्यक्ष विष्णुप्रसाद मैनालीलगायत संस्थाका शेयर सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य कालिका भण्डारीले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक वासुदेव रिमालले गरेका थिए।

Leave a review