वीरगञ्जका बरिष्ठ पत्रकार केशरी काठमाण्डौंमा सम्मानित

साझेदारी दैनिक
265 पाठक संख्या

वीरगञ्जका बरिष्ठ पत्रकार कन्हैयालाल केशरी काठमाण्डौमा सम्मानित भएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस एवम् नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनको अवसरमा उनी सम्मानित भएका हुन् ।

उनी वीरगञ्जका गोर्खापत्रमा काम गर्ने गर्छन् । केशरीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्मान पत्र प्रदान गरेका हुन् ।

केशरीलाई महासंघले प्रेस स्वतन्त्रता सेनानी द्वारा सम्मानित गरेको हो ।

उनी तीन दशक भन्दा लामो समयदेखि गोरखापत्र दैनिक लगायत स्थानीय तथा केन्द्रीय प्रकाशन गृहबाट प्रकाशित हुने समाचार पत्रमा अनवरत रुपमा लेखन कार्य गर्दै आइरहेका छन् ।

Leave a review