ब्राइटरलाई हराउँदै लोटस एकेडेमी सेमिफाइनलमा

साझेदारी दैनिक
285 पाठक संख्या

नवराज चौलागाईं/

नवौं संस्करणको सिजि कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा लोटस एकेडेमी जितपुरसिमरा बारा प्रवेश गरेकोछ ।

बाराको परवानिपुरस्थित दिल्ली पब्लिक स्कुलमा जारी प्रतियोगिताको मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा ब्राइटर एकेडेमी जितपुरसिमरा बारालाई पराजित गरेको हो ।

लोटसले ५–१ गोल अन्तरले पराजित गरेकोहो । लोटसको जितमा दिल कुमार विश्वकर्माले चार गोल प्रहार गरे ।

दिलकुमारले खेलको १६,२७,३४ र ४४ औं मिनेटमा गोल गरे । ब्राइटरकोलागी जयराम महतोले ४७ औं मिनेटमा सान्त्वना गोल फर्काए ।

लोटस एकेडेमीलाई जित दिलाएका दिलकुमार विश्वकर्मा प्लेयर अफ द म्याच भए । प्रतियोगिताको दुबै सेमिफाइनल खेलहरु बुधबार हुनेछ । बुधबार हुने पहिलो सेमिफाइनलमा घरेलु टोलि दिल्ली पब्लिक स्कुल बारा र सोलिडारिटी इन्टरनेसनल एकेडेमी मकवानपुर बिच हुने छ ।

दोस्रो सेमिफाइनल खेलमा लोटस एकेडेमी जितपुरसिमरा बारा र सिमरा पब्लिक इङ्लिस स्कुल बारा बिच प्रतिस्पर्धा हुने छ ।

चौधरी समूहको सिजि एजुकेसनको व्यवस्थापनमा संचालित प्रतियोगिता पौष १३ गतेसम्म संचालन हुने छ ।

Leave a review

This will close in 0 seconds