Sajhedari Daily
Latest News from Nepal

बन बिज्ञान अध्ययन संस्थानका बिद्यार्थीहरुद्वारा साझेदारी बनको अध्ययन अवलोकन

बन बिज्ञान अध्ययन संस्थान हेटौडाका बिद्यार्थीहरुले बारा स्थित गढीमाई साझेदारी बनको अध्ययन अवलोकन गरेका छन् ।
उनीहरुले गढीमाई साझेदारी बन क्षेत्रको अवलोकन गर्दै बन ब्यवस्थापनको पद्धतीको बिषयमा जानकारी लिएका थिए ।

गढीमाई साझेदारी बनका अध्यक्ष गणेशजी प्रसाद साहले बिद्यार्थीहरुलाई बन ब्यवस्थापनको क्रममा अबलम्बन गरिएको पद्धती र संरक्षणको क्रममा आईपर्ने चुुनौतीको बिषयमा जानकारी गराएका थिए ।

साझेदारी बनका सँगिता ठाकुुर र रमन प्रसाद चौधरीले बन बिज्ञान अध्ययन संस्थानबाट आएका टोलीहरुलाई बन अनुुगमन गराउँदै उठेका बिभिन्न जिज्ञासाहरुको जबाफ दिनुुभएको थियो ।