वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

खानेपानी तथा सरसफाई परियोजना निर्माण पुर्वब्यवस्थापन तालिम सम्पन्न

जीतपुर

जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.२२ चकरीमा खानेपानी तथा सरसफाई परियोजना निर्माण पुुर्बको ब्यवस्थापन सम्बन्धि तीनदिने तालिम सम्पन्न भएको छ।

जीतपुुरसिमरा उपमहानगरपालिका र युुनिसेफको आर्थिक सहयोगमा १ करोड ५१ लाखको लागतमा श्री थानीदेबी चकरी खानेपानी योजना निर्माण हुुन लागेको हो ।

तालिममा थानी देबी चकरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति पदाधिकारी तथा उपभोक्ताका सदस्यहरु गरि ३० जना उपभोक्ताहरुको सहभागिताा रहेको थियो ।

तालिममा जीतपुुरसिमरा उपमहानगरपालिकाकी ईञ्जिनीयर पुुष्पा सिँह र युुनिसेफका डा.तमिज गेहेन महर्जनले खानेपानी तथा सरसफाई परियोजना निर्माण पुुर्बको ब्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएका थिए ।

थानी देबी चकरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रसाद स्याङ्गबोको अध्यक्षतामा सोमवार सम्पन्न तालिम समापन समारोह जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ का वडा अध्यक्ष मणिकलाल थिङ्ग, युुनिसेफका डन्डी राम, बोधनारायण श्रेष्ठ, हिरालाल चौधरी लगायतको सहभागिता रहेको थियो ।

उक्त खाने पानी आयोजना युुनिसेफले ९१ लाख २४ हजार र जीतपुुरसिमरा उपमहानगरपालिकाले ३५ लाख ३५ हजार र उपभोक्ताहरुबा रु २५ लाख श्रमदान गरि निर्माण हुने उपमहानगरपालिका खानेपानी तथा सरसफाई ब्यवस्थापन शाखा प्रमुुख बाताबरण ईञ्जिनयर पुुष्पा सिँहले जानकारी दिईन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!