Sajhedari Daily
Latest News from Nepal

बनलाई जोगाउन कुनै कसर बाकी राख्दैन्-बन मन्त्री यादव

सिकेन्द्र पासवान/
वन तथा वातावरण मन्त्री .रामसहाय प्रसाद यादवलाई एक कार्यक्रमका बिच जनता समाजवादी पार्टी निर्वाचन क्षेत्र नम्बर २ ले सम्मान सहित स्वागत गरेका छन ।

गंजभवानीपुरमा शुक्रवार दशैँ, दिपावली तथा छठको शुभकामना अदान प्रदान कार्यक्रममा, क्षेत्रिय अध्यक्ष लालबाबु सिंहले दोसल्ला ओढाई मन्त्री यादवलाई सम्मान गर्नुभएको थियो ।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बन मन्त्री यादवले बनजंगल तस्करहरुको अखडा भएको स्मरण गर्दै त्यसलाई जोगाउनका लागि आफु कुनै कसर बाकी नराख्ने प्रतिवद्धता ब्यतm गर्नुभयो ।

हरियो बन नेपालको धन भने उखानलाई साच्चै नै नेपाली जनताको मन मनमा छाप छोडने गरि काम गर्न लागि पर्ने मन्त्री यादवको भनाई रहेको थियो ।

कार्यक्रममा प्रदेश २ सरकारका राज्इ मन्त्री उषा यादव, साँसद बच्चा प्रसाद यादव, राष्ट्रिय सभाका सदस्य रमेश यादव, पुर्व साँसद तेजनारायण साह नेताहरु रामकिशोर यादव, धर्मेन्द यादव,्र लगायतका एक आपसमा शुभकामना अदानप्रदान गर्नुभएको थियो ।

Comments are closed.

error: Content is protected !!