बाराको एक गाउँपालिकामा वृद्धवृद्धाहरुको सेवाको लागि वस सेवा संचालन गर्ने भएको छ ।
जिल्लाको देवताल गाउँपालिकाले बृद्धबृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न सहजताको लागि निशुुल्क बस सेवा सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिइरहेका बृद्धबृद्धाहरुलाई बैंकसम्म आवतजावत गर्न सास्ती खेप्नुु परिरहेको भन्दै सहजताको लागि बससेवा संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष चन्दन सिंहले बताए ।
गाउँपालिकाले यसैवर्षको नीति तथा कार्यक्रममा घोषणा गरे अनुसार वस सेवा संचालनमा ल्याएको हो । गाउपालिकाले करिब ३९ लाखको लागतमा वस गरिद गरिसकेको अध्यक्ष सिंहले जानकारी दिएका छन ।
सरकारले सामाजिक सुरक्षा भत्ता अनिवार्य बैँक मार्फत भुक्तानी गर्ने व्यवस्था ल्याएका कारण वढि उमेरका वृद्धवृद्धाहरुलाई भत्ता लिन बैँक सम्म पुग्न निकै सकस पुरेको थियो । वससेवा संचालन भएपछि वृद्धवृद्धाहरु निकै खुसी भएका छन ।

