Sajhedari Daily
Latest News from Nepal

केराबारीमा लुकाइछिपाई चिरान गरिरहेको अवस्थामा काठ बरामद

रञ्जन यादव /
बनगस्ती टोलीले बाराको टाँगियाबस्ती स्थित केराबारीमा लुुकाइछिपाई चिरान गरिरहेको अवस्थामा साल जातको काठ बरामद भएको छ ।

जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टाँगियाबस्ती स्थित केराबारीमा काठ चिरान गरिरहेको अवस्थामा करिब १० क्युुफिट काठ बरामद भएको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।

बिशेष सूुचनाको आधारमा गएको बन संरक्षक टोलीले काठको गोलिया र चिरान गरिएको काठ बरामद गरेको डिभिजन बन कार्यालय बाराका प्रमुुख मञ्जुुर अहमदले जानकारी दिएका छन ।

बन संरक्षण टोली आउँने पहिला नै जानकारी पाएपछि काठ तस्करहरुले काठ छोडेर फरार भएका गस्ती टोलीले बताएका छन । डिभिजन बन कार्यालयले बरामद भएको काठ र फरार तस्कर सम्बन्धमा थप अनुुसन्धान गरिरहेको प्रमुुख अहमदले जनाए ।

Comments are closed.

error: Content is protected !!