Sajhedari Daily
Latest News from Nepal

मोटरसाईकल दुर्घटनाबाट कोल्हवीका दुईको मृत्यु

मोटरसाईकल दुर्घटनामा परि बारा कोल्हवीका दुई युवको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोल्हवी नगरपालिका वडा नम्बर १ कोल्हवी टोल बस्ने २० बर्षिय सागर चौधरी र सोही ठेगाना वस्ने १९ बर्षिय सुशिल चौधरी रहेका छन ।

मृतकहरु सहित शनिवार राति ना४२प८०२३ नम्बरको मोटरसाईकलमा तीन जना सवार रहेकामा कोल्हवी नगरपालिका वडा नम्बर १ बटौलिया चौक स्थित कोल्हबी बाट श्रीपुरतर्फ जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई सोही ठाउको स्वास्थ्य चौकी भवनमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट घाईते तीनै जनालाई शनिवार राति नै वीरगंज स्थित नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा तीन जना मध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिश्रले बताएका छन ।

घाइते मध्ये अर्का एक कोल्हवी नगरपालिका वडा नम्बर ९ श्रीपुर बस्ने २० को अशोक चौधरीको नारायणी अस्पतालमा उपचार भैरहेको बारा प्रहरीले जनाएको छ ।

Comments are closed.

error: Content is protected !!