पुराना पार्टीहरुले देश बनाउन सकेनन् ः अध्यक्ष साह

साझेदारी दैनिक
447 पाठक संख्या

आम जनता पार्टीका केन्द्रीय अध्यक्ष एवम् पुर्वमन्त्री प्रभु साहले अब नेपालका पुरानो पार्टीहरु फेल भईसकेको बताएका छन ।
बाराको कलैयामा जिल्ला कमिटीको बिस्तारीत बैठकलाई आईतवार सम्बोधन गर्दै अध्यक्ष साहले देशका पुराना र ठुला दलहरुले आ–आफनो स्वार्थ सिद्ध गर्नेतर्फ लागि परेकै कारणले देश बनाउन नसकेको आरोप लगाएका छन । कलैया स्थित रहेको दरवार होटेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले पुराना पार्टीहरु खास गरि नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा लगायतकाले मुलुकलाई अनिर्णयको बन्दी बनाउदै अस्तिरतातर्फ थलेकाले अब नयाँ दलहरुलको विकल्प नरहेको दाबी समेत गरेका छन ।
अध्यक्ष साहले अव देशमा समृद्धि, बिकास र समस्याको निकास नयाँ दलहरुे गर्ने ठोकुवा गरे । आफु रहरले नभई बाध्यताले नयाँ पार्टी खोल्नु परेको बताउदै देश र जनताका लागि अव साच्चै नै काम गरेर देखाउने बेला आएको उनको भनाई छ ।
कार्यक्रममा आम जनता पार्टी मधेस प्रदेस ईन्चार्ज उपेन्द्र साह, केन्द्रीय सद्स्य तथा संगठन बिभाग प्रमुख कुन्दन कुशवाहा, मधेस प्रदेश संयोजक शिरिचन मुखिया, बारा जिल्ला ईन्चार्ज अशोक लामा, पर्सा ईन्चार्ज बाबुराम कौशी, मधेस प्रदेस सद्स्य प्रदिप साह, संदेश साह, मदन साह, अम्बिका साह, बारा जिल्ला सचिव राजकिशोर साह, नेताहरु राकेश बैठा, अनिल सहनी, रामभरोस राम, शनि गुप्ता लगाएतकाले आफनो बिचार ब्यतm गरेका थिए ।
पार्टीका अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा विस्तारित वैठक सम्पन्नभ भएको पार्टीले जनाएको छ ।
फोटोः कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष साह ।

Leave a review