जनजागरण मध्यवर्ति सामुदायिक बनले भुमाफीयाको पञ्जाबाट बनको जग्गालाई जोगाउन स्थानीयलाई आहवान

साझेदारी दैनिक
साझेदारी दैनिक 501 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
जनजागरण मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुह,रामबनले भुमाफीयाको पञ्जाबाट फिर्ता ल्याईएको आठ बिगाह जग्गाको संरक्षणमा जुट्न स्थानीयलाई आहवान गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ स्थित बन उपभोक्ता समुहका अध्यक्ष तारा कार्कीले एक प्रेस बिज्ञप्ति जारी गर्दै बिभिन्न ब्यक्ति तथा समुह फेरी सोही जग्गा हड्पन दाउपेच तथा सडयन्त्र गरिरहेकाले सबै मिलेर यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बिज्ञप्तिमा अध्यक्ष कार्कीले बन क्षेत्रमा बर्षौ देखि बस्दै आएका भुमिहिन सुकुम्बासीहरुलाई हटाउने बन उपभोक्ता समुहको कुनै मानसिकता नरहेको भनिएको छ । स्थानीय पुना टोलका बासीहरुलाई डर,धाक र प्रलोभनमा पारी , षडयन्त्र स्वरुप बन संरक्षणको बिरुद्धमा समुहको जग्गा कब्जा गर्न भुमाफियाहरु लागी परेको बिज्ञेप्ति मार्फत जानकारी दिईएको छ ।

भुमाफियाहरुलाई सहयोग पुग्ने कार्य केही स्थानीयहरु गरिरहेका कारण त्यसप्रती समुहको गम्भिर ध्यानआकर्षण भएको जनाईएको छ । अध्यक्ष कार्कीले आफनो कार्यालयमा तोडफोड र बारम्बार आफुमाथि आक्रमण भएको कुरा उल्लेख गरेका छन् ।

उपभोक्ता समुहका सदस्यहरुलाई जहिले जुन समयमा समेत भौतिक आक्रमण गर्ने तथा गलत अफवहा फैलाएर बदनाम गराउने र मानसिक यातना दिने सम्भावना तर्फ ईङकीत गरिएको छ । सुकुमबासीको घरहरुको सुरक्षा तथा भुमाफियाबाट बन समुहको जग्गा संरक्षण गर्न र भुमाफियाको पर्दाफास गर्न सबैमा अपिल गरिएको छ । बन समुहले उक्त करिब ८ बिगाह जग्गा मिती २०७६ साल पुस २८ गते अदालतबाट जितेर बन समुहको मातहतमा ल्याएको थियो ।

समाचार शेयर गर्नुहोस
Leave a review