बारामा जंगली हात्तीको त्रासले कलैया उपमहानगरपालिका वडा नं.२ पकडी गाउँ त्रसित भएको छ ।
कलैया उपमहानगरपालिका वडा नं.२६ स्थित टेंग्रहर खोला नजिकै जंगली हाती बिहान साँत बजेदेखि उखुबारीमा बस्दा जनजिवन त्रसित भएको हो । हात्ती स्थानीय अकलु साहको उखु खेतमा बास बसिरहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।
खेतमा जादा मझौलिया, दोहरी, सिसवा, बकुलहर, पकडी लगातका बासिन्दालाई डिभिजन बन कार्यालयले सचेत गराएको छ । हात्ती छिनछिनमा उखु खाने ,पानी खान खोला जाने र त्यही ठाउँमा आएर पुन बस्दै आएको बारा प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, सशस्त्र वनरक्षक, वन क्रमचारी, नेपाली सेनाको सिद्धीबक्स गण अधाभारका लेफ्टीनेन्ट रविन्द्र बहादुर शाहीको टोलीले उखु खेतबाट हाती निकाल्ने प्रयासमा लागिरहेको छ । बस्तीमा आएको हात्ती यमगज रहेको र यही हात्तीले मनहरी, अमलेखगंज र बकैयामा ३ जनालाई मारेको पर्सा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सुर्य खड्काले जानकारी दिएका छन ।

