जयनारायण यादव/
नेपाली कांग्रेस बाराले क्षेत्रमा नम्बर-२ मा संविधानसभा सदस्य राधेचन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज कलैया स्थित पार्टी कार्यालयमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले बैशाख १० गते हुनेप्रतिनिधि सभाको उपनिर्वाचनमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जिल्ला सभापति राजेश राय यादवको अध्यक्षतामा सम्पन्न बैठकले संविधानसभा सदस्य यादवको एकल नाम सिफारिस गरेको नेपाली कांग्रेसका युवा नेता लोकेश सिंहले जानकारी गराउनु भयो।
जनता समाजवादी पार्टीका राम सहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछी सो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुन लागेको छ । जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव पनि सो क्षेत्रमा चुनाव लडने चर्चा चलिरहेको छ।

