– चन्द्रकिशोर प्रसाद साह
आजभोली सडक दुर्घटनामा तीब्र वृद्धि भइरहेको देखिन्छ । जनसंख्या वृद्धिसँगै मोटरगाडी, बाइकहरु प्निअत्यधिकभएकाले सडकहरुमा चापपनि धेरै बढेको पाइन्छ । तर जति सडक निर्माण भैरहेका छन् ती सवैमा साइकल, मोटरसाइकलआवागमनकालागिपनिदुबै छेउमा स्थानठाउँदिएर फराकिलो सडक बनाउनुपर्ने हो जुनकार्य कतै पनिपाइँदैन । साथै पैदल बटुवा मानिसहरुकालागि साइडमा सजिलै हिंड्न सक्ने किसिमको पाथ वे बनाइएको देखिदैन । फलस्वरुप दैनन्दिन सडक दुर्घटनामा तीब्रताछाएको पाइन्छ । एक त जतिपनि सडक बनिरहेका छन् तीप्रायःजसो एकको पालामानिर्माण भएकापिचअर्काे मेयर, विधायक, साँसद, मन्त्रीको पालासम्म टिक्न सकिरहेका छैनन् । एक दुई वर्ष मै फुट्न शुरु हुनथालेका देखिन्छन् । यसरी कमिशन बढी भएकाले ठेकेदारद्वारा कमसलबनाइने गरिएको भनीजनमानसमा छाप रहेको पाइन्छ ।
बाटोको हिसाबले बारा जिल्लाधनीजिल्लाहो जहाँ हरेक गाउँसम्मपुग्ने ससाना बाटो पाइन्छन् । तर को सडकहरुको अवस्था हेर्दा अत्तिदयनीय रहेको देखिन्छन् । साथै दिसामुक्तजिल्ला घोषणा गरिएको भएतापनिअधिकाँशगाउँनजिकको सडकहरुमा दिसागरिएको पाइन्छ । मटिअर्वादेखि पिलुवा सडक होस् वाविरगंजदेखि कलैया भएर हरनैया, सिम्रौनगढदेखि तामागढी, सिम्रौनगढदेखि मटिअर्वा, तामागढीदेखि रतनपुरी, निजगढदेखि भरतगंजसिंगौल, पथलैयादेखि निजगढ आदि सडकहरुको साइडहरुमा पर्याप्त ठाउँ नभएकाले आवागमनमानिकै बाधापुगिरहेको देखिन्छ ।
हुनतमानमत मटिअर्वा, पदमरोड, हुलाकीमार्ग, नहर सडकको तुलनामा कोल्भीदेखि तामागढी, रतनपुरी, भरतगंजसिंगौलको रोड अलिस्तरीय देखिन्छ । कलैयादेखि गंजभवानीपुरको सडक होस् वा नरहीदेखि तेतरिया रोड वामधुवनदेखि प्रसौना रोड होस् यी सवै कमसल बनेकाले अतिछिटै खराब हुनथालेका छन् । पथलैयादेखि बिरगंजसम्म ६ लेनको सडक एक दशकहुँदापनिबन्न सकेको छैन ।
यसैगरी गाउँ, नगरमा ढलान कार्य गर्दा बिना साइडमा माटो, ग्रेभलतथा छड कै निर्माण हुँदा पछि छिटै बिग्रने, दुर्घटना हुने हुन्छ । कलैया बजारको सडक ढलानमा पनि धेरै होचो भएकाले अप्ठ्यारो हुने गरेको बताइन्छ । कलैया उपमनपाको औधापुरदेखि बैरिया–बरेवाको दुर्गा स्कुल र सितलपुरमा गरी करिब २ किलोमिटर कालोपत्रे गर्न सकिएको छैन ।
शहरी क्षेत्रमा ४ लेनको सडक निर्माण हुने माघ २ गतेसम्म ठेक्काभएको थियो तर पनि सो कार्य हुन सकेको पाइँदैन र अर्काे ठेकेदारलाई दिन सकिएको पाइँदैन । सडक निर्माणका लागि पटक पटकविरोध हुने, धूलो नउडोस् भनी माटो÷बालुवामालाखौंको पानी खन्याइन्छ । तर विडम्वना कालोपत्रे निर्माणको लागिपहलगरिदैन ।
त्यसैगरी नौतनदेखि कोल्भी, दोहरीदेखि जैतापुर, नयाँबस्तीदेखि जैतापुर, मधुवनदेखि करैया, कचोर्वादेखि सिम्रौनगढ, भलुहीदेखि डुमरवाना, फतेपुरदेखि जितपुर, कलैयादेखि बन्जरिया हुँदै नितनपुर, पत्रहटीदेखि पिप्राढी, पचरौतादेखि सिम्रौनगढ, कोतवालीदेखि बनौली, पिप्राबसतपुरदेखि बाराबजार, गडहलदेखि दौर्वा रोड आदि जस्ता सम्पर्क सडकहरुलाई कालोपत्रे गरिनुपर्दछ जसले समग्र जिल्लाको विकास निर्माणमा टेवापुर्याउन योगदानमिलोस् ।
हाइवे, लिंक रोड, समान्य सडक आदिबनाउँदापिच सडकबाट अलितलओर्लने र फेरि माथि चढ्न सक्ने किसिमको सडक निर्माणमा निकै कमि रहेको देखिन्छ । यस्तै दुबै साइडमा मेन पिच सडकबाट ३÷४ फिटबाइककालागि सडक निर्माण नगरिने परम्परा भएकाले बस, ट्रकहरुमा एक आपसमा क्रस गर्दा दुबै गाडीहरुको स्पिडमा कमिहुँदैन र त्यतिखेर त्यहाँबाइकहुँदा पिचबाट साइडमा ओर्लने किसिमको स्थिती हुँदैन जसको फलस्वरुपनिकै अप्ठ्यारो हुने, दुर्घटना निम्तिने गरेको पाइन्छ ।
अहिले साइकलको संख्याघट्ने र मोटर साइकलको संख्या बढ्नेक्रम जारी छ जसको फलस्वरुप दुर्घटनामा तीब्र वृद्धि भैरहेकाले चारैतिर न्युरो हस्पिटल नै बढी खुलिरहेका छन् किनकि यस्तो केसमाकमै समयमा बढी कुम्ल्याउन सकिन्छ । पिच सडकमा साइकलचलाउन त झन् अप्ठ्यारो भैरहेको हुन्छ किनकिसाइडमा पिचपछि दुङ्गैढुङ्गा हुन्छ र पिचसम्म ठूल्ठूला गाडी, मोटरसाइकलहरु हाइ स्पिडमा आवतजावतगरिरहेका हुन्छन् ।
हरदमै पिच चढ्न ओर्लन सक्ने वातावरण हुँदैन जसका कारण धेरैले साइकलको ठाउँमा मोटरसाइकल नै चलाउने प्रबृतिबनाउने गरका देखिन्छन् जसको फलस्वरुपवतावरणमा कार्बनमानोअक्साइड ग्याँसको मात्रा बढिरहेकाले प्रदुषणमा पनि वृद्धि भइरहेको, त्यसबाट दुर्घटना, मृत्यु दरमा वृद्धि पनिभइरहेको पाइन्छ । हेलमेट नलाउने, ट्राफिक नियमपालनानगर्ने परम्परा, सडकको अवस्थादयनीय रहेकाले पनि दुर्घटनामा वृद्धि भइरहेका देखिन्छन् ।
मोटरसाइकलआफै बढी दुर्घटनामा पर्ने र साथै मोटरबाइकबाट नै बढी दुर्घटना हुने गरेको बताइन्छ । त्यस्तै टेम्पोहरुको ३ वटा पाङ्ग्राभएका र बाटाहरुमा खाल्डाखुल्डी, मोड बढी, सडक पेटिको व्यवस्थापनउपयुक्तनभएका, चालकहरुले दुवै छेउमा प्यासेन्जर बसाएर चलाउने गरेकाले पनि दुर्घटना बढिरहेका छन् । मादकपदार्थ, लागू औषध, रक्सी सेवन गरेर सवारी साधनचलाउने गरिएकाले पनि दुर्घटना बढी भएको बताइन्छ ।
मोटरसाइकलचलाउने मानिसहरुको शरीर कम सक्रियहुने गरेकाले शारीरिक वजन बढ्ने भई मुटु, फोक्सो रोग अत्यधिकबढ्ने हुन्छ । अतः सडक निर्माण गर्दा साइकल वे निर्माणमा तदारुकताका साथलाग्नुपर्दछ । साइकल वे को निर्माण हुनथालेपछि इलेक्ट्रिकल साइकल, बाइकहरुमा वृद्धि हुनथाल्ने र प्रदुषणमा कमिहुने देखिन्छ । यसरी सडक निर्माण गर्दा फराकिलो, व्यवस्थितबनाउनुपर्दछ जुनकम्तिमा१५ वर्ष टिकाउ, दिगोहोस् । सवै सडकहरुमा साइडमा पैदल यात्री हिंड्न सक्ने, साइकल, मोटरसाइकलओर्लन सक्ने किसिमको हुनुपर्दछ । सडक छेउमा पर्याप्त हरियालीबनाउनुपर्दछ ।


