मालपोत घटना छनविन गरि कारवाही होस्

साझेदारी दैनिक
244 पाठक संख्या

मालपोत तथा भुमी सुधार कार्याल भन्ने वित्तिकै मानिसहरुलाई खुस खाने अड्ढा रुपमा चिन्ने गरेका छन। मालपोत, भुमी सुधार र नापी कार्यालयहरुमा सेवा लिन जाने सेवाग्रहीहरुमा विना पैसा काम नहुने मानसिकताको विकास भएको छ । यी कार्यालयहरुमा सेवा लिन जाने सेवाग्रहीहरुको पैसा विना काम नहुने मानिसकताको विकास हुनमा यहाँ कार्यरत कर्मचारीहरुबाट पाएको पिडा, दुख र झनझनले गर्दा पैसा दिएपछि मात्र सहज काम हुने कारण नै हो । कार्यालयमा आउने सेवाग्रहीसंग पैसा नलिई काम नै नगरिदिने र गरिदिएपनि विगारेर काम गरिदिने आदी जस्ता समस्या भोगेकै कारण मालमोत लगायत अन्य कार्यालयहरुमा पैसा लिएर मात्र कर्मचारीहरुले सेवाग्रहीहरुको काम गरिदिने नत्र कामै नहुने मानसिकताको विकास भएको हो ।

आम जनताको सम्पति जग्गा, गमिन, भुमी सम्बन्धी सम्पुर्ण विवरण, नाप,नक्सा,फिल्डबुक यिनै कार्यालयहरुमा सुरक्षाका लागि राखिएको हुन्छ । जनताले आफ्ना सम्पतिको विवरण, नाप, जाच र अन्य कुनै प्रयोजनका लागि कार्यालयहरुमा राखिएका हुन्छ तर जनताकै करबाट पालिने कर्मचारीहरु भने जो मालिक हुन उनीहरुलाई नै आफ्ना सम्पति र जग्गाको विवरण हेर्न पैसा तिर्नुपर्ने बाध्यता छ । अधिकांश स्थानमा रहेन यस्ता कार्यालयहरुमा कर्मचारीहरुले सेवाग्रहीलाई अनाहकमा दुख दिने र काम सहज रुपमा नगरिदिने भएकाले बाध्य भएर पैसा(घुस) दिनुपर्ने बनाउने गरेका छन । मालपोत, भुमी सुधार कार्यालयमा सानो कागज हेर्न वा लिनका लागि पनि नजराना नलिई काम नै गर्दैनन् । अर्को सवैभन्दा ठुलो समस्या यी कार्यालयहरुमा सेवाग्रही आफै आफ्नो काम गराउन गए काम नै गर्दैनन् । तर विचौलीया (लेखन्दास) मार्फत पैसा खुवाएर मात्र काम गर्ने परिपाठी चल्दै आएको छ ।

काम गराउन र गराएबापत रकम लिएको, सेवाग्रहीसंग घुस खाएको जस्ता विभिन्न घटनाले चर्चामा आईरहने बारा कालैया स्थित मालपोत तथा भुमी सुधार कार्यालय फेरी अर्को चर्चामा आएको छ । मालपोत कार्यालय कलैया बाराका प्रमुख मालपोत अधिकृत राजेश गिरीले जागीर लगाईदिने भन्दै पैसा लिएर काम नै नगरेको भन्दै केही पिडितहरुले उनको कार्यकक्षमा नै पत्रकार सम्मेलन गराए । अधिकृत गिरीले तीन जनाबाट कार्यालय सहयोगीमा नियुक्त गर्ने भन्दै उनीहरुसंग रकम लिएको पिडितहरुले आरोप लगाए । एक अर्का सेवाग्रहीले अधिकृत गिरीले आफुसंग पैसा माग गरेको र नदिएपछि मोही सम्बन्धी मुद्दा हराएको आरोप लगाए । विहीवार केही पिडितहरुले अधिकृत गिरी कै कार्यकक्षमा पत्रकार सम्मेलन गराएका हुन । यधपी अधिकृत गिरीले भने आफुलाई फसाउन खोजिएको भन्दै जागिर दिन पैसा लिएको कुरा स्वीकार गरेका छैनन । मालपोत अधिकृतको घटनावारे संचारमाध्यममा समेत समाचार आईसकेपछि अब घटनाका विषयमा सत्य, तथ्य पत्ता लगाई दोषी जोसुकै भएपछि कडा कारवाही गर्न दुवै पक्षलाई अनुसन्धान गर्न सम्बन्धी सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ ।

Leave a review

This will close in 0 seconds