प्रेस युनियन बाराको अधिवेशन बैशाख २२ गते कलैयामा हुने

साझेदारी दैनिक
565 पाठक संख्या

कलैया १७ बैशाख/
नेपाल प्रेस युनियन बाराको जिल्ला अधिवेशन बैशाख २२ गते कलैयामा हुने भएको छ ।

प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवको अध्यक्षतामा युनियन बाराको कलैया स्थित कार्यालयमा बसेको जिल्ला कार्यसमितिको बैठकले अधिवेशन बैशाख २२ गते गर्ने निर्णय भएको समितिका सचिव साजिर मंसुरले बताउनुभयो ।

नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालय समितिको २०७९ चैत्र २९ गते बसेको बैठकले बैशाख १६ गतेदेखि ३१ गतेभित्र जिल्ला अधिवेशनहरु सम्पन्न गर्न परिपत्र गरेपछि सोही अनुरुप बुधवार बसेको जिल्ला कार्यसमितिको वैठकले अधिवेशन केन्द्रीय सर्कुलर अनुसार बैशाख २२ गते कलैया स्थित होटल करण राज प्यालेसमा गर्ने निर्णय गरिएको समितिका सचिव मंसुरले बताए ।

अधिवेशनका लागि सदस्यता नवीकरण लगायतका काम भइसकोले अव अधिवेशनमा केन्द्रीत हुन सबै युनियन सदस्यहरुलाई आग्रह समेत गर्नुभयो ।

Leave a review

This will close in 0 seconds