बाराको कोल्हवी नगरपालिका अन्तरगत विभिन्न वडाहरुमा जंगली हात्तीको आतंक कायमै रहेको छ ।
पटक पटक गरी जंगली हात्तीले आतंक मचाएर स्थानीयहरुलाई त्रसित बनाउने क्रम अझैपनि जारी नै छ । जंगली हात्तीले मंगलार र बुधवार राती नगरपालिकाका विभिन्न वडाहरुमा जंगली हात्तीले क्षति पु¥याएको छ ।
कोल्हवी वडा न.४ का ७ घरमा क्षती पुर्याएको वडा अध्यक्ष बिष्णु प्रसाद मैनालीले जानकारी दिनु भएको छ। हात्तीले स्थानीय झगरु माझी,श्याम माझी,मनोज माझी,सुदामा माझी,हेमन्ती माझी,महेन्द्र चौधरी, यम प्रसाद घिमिरेको लगायतको घरमा पसेर हात्तीले क्षति पु¥याएको वडाअध्यक्ष मैनालीले बताए ।
हातीले कोल्हवीको सपही, ककघर भत्काउनुको साथै अन्नबाली खाने र पोख्ने गर्दै क्षति गरेको हो ।
यसैविच नेपाल रेडक्रमस्ट सोसाइटी बाराले गरे ६ थान त्रिपाल बितरण गरेको छ । कोल्हबी नगरपालिका वडा न. ४ नयाँ बस्तीमा मंगलवार राती करीब ११ बजेको समयमा जंगली हात्तीले उक्त टोलका ६ वोटा घरहरू भत्काउनुका साथै क्षति पु¥याएकोले राहत स्वरुप नेपाल रेडकस्ट सोसाइटी जिल्ला बारा शाखाबाट प्राप्त ६ थान त्रिपाल पिडित परिवारलाई हस्तान्तरण गरिएको छ।
नेपाल रेडकस्ट सोसाइटी उप–शाखा सपहिका अध्यक्ष ईन्दिरा देवकोटाको पहलमा उक्त शाखाका सदस्य लगायत समाजसेबिहरुको रहोबरमा ६ ओटै घरका पीडित मुसहर समुदायका व्यक्तिहरूलाई राहत स्वोरुप उक्त त्रिपाल वितरण गरेका छन् ।

