साझेदारी संवाददाता/
नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० मा मंगलबार कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य तथा जीतपुरसिमरा उपमहानगर कमिटी इन्चार्ज मन्जु थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो अवसरमा पार्टीकी केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, प्रदेश कमिटी सदस्यहरु सुन्दर बहादुर विश्वकर्मा, मनोज पौडेल, एमाले जिल्ला सचिवालय सदस्य एवं नगर उपप्रमुख भोला प्रसाद अधिकारी,एमाले बाराका जिल्ला सचिवालय सदस्य अमृतलाल श्रेष्ठ,वडा अध्यक्ष रसूल अन्सारी लगायतले कार्यक्रममा सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम वडा कमिटिका अध्यक्ष मायादेवी चौधरीको सभापतित्वमा र चन्द्रकान्त उपाध्यायको सहजीकरणमा सम्पन्न भएको थियो ।
सो अबसरमा नेकपा एकिकृत समाजबादीका जिल्ला सदस्य मनोज राम, माओबादी निकट दलित मुक्ति मोर्चाका जिल्ला सदस्य मोती पासवान,माओबादीको तर्फबाट वडा सदस्यका प्रत्यासी तेतरी देबी,नेकपा एसका वडा सदस्यका प्रत्यासी चिन्ता देबी राम,नेकपा एस नगर सदस्य देवलाल पासवान र ध्रुब पासवानसहित विभिन्न पार्टी परित्याग २ दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेको प्रदेश कमिटी सदस्य मनोज पौडेलले बताएका छन।


