धिरेन्द्र पनुहर/
नेपाल शिक्षक संघ नगर कार्य समिति कोल्हवी बाराको आयोजनामा आइतबार कोल्हवीमा शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल शिक्षक संघ कोल्हवीले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले पानसा बति बालेर उदघाटन गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले यस कोल्हवी नगरपालिकाको शिक्षाको गुणस्तरलाई उकास्न यस नगरपालिकाको तर्फबाट कुनै किसिमको कमीकमजोरी नहुने बताउनु भयो । उहाँले यो बर्षको नतीजा हेरेर नगरपालिकाले शिक्षामा लगाएको लगानी खेर भए जस्तो महसूस भएको समेत बताए ।
नगरको शिक्षाको नतीजा कमजोर आउनुको कारण पता लगाइ हामी सबै मिली शिक्षा सुधार गर्नको लागी गुरु योजना बनाउनु पर्छ र शिक्षक छनौट गर्दा हाम्रोलाई होइन राम्रोलाई छनौट गर्नु पर्नेमा नगरप्रमुख चौधरीले जोड़ दिनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले आ आफ्नो वडामा नाला र ढलानमा मात्र सिमित नभएर शिक्षा र स्वास्थमा पनि बजेट छुट्याउन वडा प्रतिनिधिहरुलाई निर्देशन समेत दिएका छन ।
शिक्षक संघ कोल्हवीका नगरअध्यक्ष रामप्रसाद चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कोल्हबी नगरपालिकाकाकी उपमेयर लक्ष्मी कुमारी चौधरी,नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी,नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष बासु प्रसाद चौधरी,ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख भोलामान सिंह अधिकारी,कोल्हवी नपा ६ का वडाअध्यक्ष दिनेश चौधरी,३ का वडाअध्यक्ष किशुनदयाल चौधरी,नेरा नमुना माबि सपहिका प्रअ भुनेश्वर चौधरी,अनिला चौधरी,संजय चौधरी थारु लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा शिक्षक संघ कोल्हवीले कोल्हवी नगरका विभिन्न विद्यालयमा अध्यापनरत बढुवा भएका सवै शिक्षकहरुलाई सम्मानित गरेको छ ।
कार्यकममा स्वागत मन्तव्य उमा बस्नेतले गर्नु भएको थियो भने संचालन रघुबंश प्रसाद चौधरीले गर्नु भएको थियो ।

