सिम्रौनगढ नगरपालिकाको सातौ नगरसभा फेरी अन्योलमै कार्यालयको मुलगेटमा तालाबन्दी,मेयरद्धारा सम्पन्न भएको सूचना

साझेदारी दैनिक
383 पाठक संख्या

पटक पटक विवाद र कुटाकुटविच हुन नसकेको बारा सिम्रौनगढ नगरपालिकाको सातौ नगरसभा फेरी अन्योलमा परेको छ ।

शुक्रवार अर्थाथ कार्तिक ३० गतेका लािग नगरपालिकाका मेयर किशोरी प्रसदा कलवारले नगरसभाका लागि पत्र काटेका थिए ।

नगरपालिकाको सभाकक्षमा गर्नका लागि सबै नगरसभा सदस्यलाई अवहान गरेको भएपनि मेयर कलवार आफै पालिकाको सभाहल सिम्रौनगढमा उपस्थित नहुदा अन्यौलता भएको भन्दै उपमेयर नजमु शेहरको अध्यक्षतामा नगरसभा सदस्यहरुको बैठक बसेर नगरसभा स्थगन गरिएको निर्णय गरेका छन ।

शुक्रवार उपमेयर नजमु शेहरको अध्यक्षतामा पालिकाको सभाहलमा बसेको नगरसभा सदस्यहरुको बैठकमा ३९ जनाले हस्ताक्षर गर्दै नगरसभा स्थगित गर्ने निर्णय भएको हो ।

सिम्रौनगढमा ५९ जनाको सो पालिकामा नगरसभा सदस्य रहेको छन ।

उपमेयर सहितको बैठकले मेयर कलवारको स्वेक्षाचारी,मनोमानि गरेको भन्दै त्यसको बिरोधमा बहुमत नगरसभा सदस्यहरुले नगरपालिकामा अनिश्तिकालका लागि बिषयगत शाखाहरु लगायत कार्यालयको मुलढोकामा तालाबन्दी गरि वडा नम्बर ११ का वडाअध्यक्ष सुरेन्द्र प्रसाद जयसवालले बताएका छन ।

सभाहलमा मेयर कलवार स्वयम आफै उपस्थित नभई करिब दुई तिहाई बहुमतको नगरसभा सदस्यहरुलाई पाखा लगाउदै चोरबाट अवैधानिक रुपमा कानुन विपरित नगरसभा गरेको नाटक मंन्चनको भन्दै सो को विरुद्धमा आन्दोलन गरिने उपमेयर नजमु शेहरले बताईन।

नगरसभा सदस्यहरु कार्यालयमा मेयर कलवारको प्रतिक्षामा बसेका तर मेयर कलवार भने आदर्शकोतवाल गाँउपालिका वडा नम्बर ८ स्थित रहेको आफनो निजी जानकी पेट्रोलपम्पमा केही नगरसभा सदस्यहरुलाई बोलाई नगरसभा गर्न प्रपन्च गरे ।

मेयर कलवारले शुक्रवार नै सातौ नगरसभा सम्पन्न भएको भन्दै दर्ता चलानी समेत नभएको एउटा विज्ञप्ती सामाजिक सञ्जालमार्फत जारी गर्न भ्याएका छन । उनले सातौ नगरसभा सम्पन्न भएको भन्दै विज्ञप्ती जारी गरेका हुन ।

Leave a review

This will close in 0 seconds