नेपाल तरुण दलको ७१ औँ स्थापना दिवसको अवसरमा बिचार गोष्ठी तथा बिरामीहरूलाई फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल तरुण दल बाराले शुक्रबार एक कार्यक्रम आयोजना गरि नेपाल तरुण दलको ७१ औँ स्थापना दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैयामा बिरामीहरूलाई फलफूल वितरण गरि स्थापना दिवस मनाएकाे हाे ।

नेपाल तरुण दल बाराका सभापति दिपेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पार्टी बाराका सभापति राजेश राय यादव रहनु भएका थिए ।
प्रादेशिक अस्पताल कलैयामा आपतकालीन,आईसीयू,गर्भवती महिला,जेनेरल,अपरेशन वार्डमा रहेका ५० जना बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा पूर्व मन्त्री कलावती पासवान,बारा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादव,नेपाली काँग्रेस बारा क्षेत्र नं ४ ख को सभापति लोकेश सिंह,नेपाल शिक्षक संघ बाराका सभापति राजकिशोर सहनी,तरुण दलका केन्द्रीय सदस्य राजकिशोर गुप्ता,प्रादेशिक अस्पताल कलैयाका डा.मनोज यादव,नेपाल बिद्यार्थी संघ बाराका अध्यक्ष समीर चौधरी,नेता तथा कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको थियो ।

