फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
367 पाठक संख्या

बारा प्रहरीले फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

प्रहरीले जालसाजी मुद्दामा अदालतबाट ६२ रुपैयाँ ५० पैसा जरिवाना पाएका बाराको महागढीमाई नगरपालिका वडा नं.७ बेनौली घर भई हाल कलैया उप–महानगरपालिका वडा नं.१ मोतिबाग बस्ने अन्दाजी ५० वर्षीय बिजुलीप्रसाद साहलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds