कटुवा पेस्तोल सहित दुई पक्राउ

साझेदारी दैनिक
373 पाठक संख्या

प्रहरीेले वीरगञ्जबाट कटुवा पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–२६ का २१ वर्षीय साहिल अन्सारी र सरफराज अन्सारी रहेका छन् ।दुबैजनालाई कटुवा पेस्तोल र सोको ओसार पसार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं.२५ स्थित सडकखण्डमा सवारी साधनहरू जाँच गर्ने क्रममा बा.४४ प ४९१३ नम्बरको मोटर साईकल चालक साहिलले पिठयुमा बोकेको झोलाबाट एक थान ग्रे रँगको अबैध कटुवा पेस्तोल प्रहरीले बरामद गरेको थियो ।

पेस्तोल खरिद तथा ओसार पसारमा संलग्न वडा नम्बर २६ कै सरफराजलाई पनि पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।पक्राउ परेका दुबैजनालाई हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a review