जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा श्रमिक बचत तथा ऋण सहकारीको १३ औँ सधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गरेका थिए ।
कार्यक्रममा बोल्दैे नगर प्रमुख पौडेलले सहकारीहरुको लगानी उत्पादनशिल क्षेत्रमा केन्द्रित गर्नुपर्ने धारणा ब्यक्त गरे । यसतर्फ उपमहानगरपालिकाले पनि गृहकार्य गरिरहेको उनले जानकारी दिए ।
संस्थाले आर्थिक वर्ष २०७९।०८० मा ३९ लाख ५८ हजार ४ सय ७० रुपैया नाफा आर्जन गर्न सफल भएको जनाएको छ । सहकारी संस्थाको शेयर पूँजी एक करोड आठ लाख नौ हजार नौ सय रुपैयाँ रहेको छ ।
कारोबार आठ करोड ९२ लाख ७० हजार रहेको छ ।संस्थाले बिभिन्न क्षेत्रमा योगदान पु¥याउने ब्यक्ति तथा कर्मचारिहरुलाई सम्मान समेत गरेको छ ।
संस्थाले आफना बार्षिक उत्सवको अवसरमा आफना सेयर सदस्यहरुलाई १२ प्रतिशत बोनस र उपहार स्वरुप करुवा प्रदान गरेको छ ।
संस्थाको संस्थागत प्रतिबेदन अध्यक्ष बेनि तिमिल्सिनाले प्रस्तुत गरेकाहुन् । कार्यक्रमको संञ्चालन प्रेम बस्नेतले गरेका थिए ।
साधारण सभालाई सहकारी अभियन्ता मुकुन्दबहादुर क्षेत्री, घंण्टिमाई साकोसका अध्यक्ष कोपिला सिम्खडा,जीतपुरसिमरा उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख सुदन चौधरी लगायतले संम्बोधन गरेका थिए ।

